नमस्कार , यो बर्ष सकिन लागेको छ यहाँहरुले म प्रती देखाउनु भएको आशा भरोसालाइ जिउँदो राख्ने प्रयाशमा आफुले सोचेको जति कती काम राम्रो बन्यो कती बनेन तर पनी आफ्नो कामलाइ निरन्तरता भने मैले दि राख्न पाएको छु। यस्तो स्थितिमा आदरणीय रंग दर्पण मिउजिक अवार्ड परिवारले मलाई अझ धेरै साधना र काम गर्ने उर्जा हौशला थपी दिनु भएको छ। आयुष छेत्री Official YT Channel मा रहेको " जिन्दगि मेरो तिम्रै नाम गर्छु " गीतबाट यो आकर्षक अवार्ड प्रधान गरिदिनु भएको छ। यो अवसरमा सम्पूर्ण गीतको टिम आदरणीय दिदि प्रबिशा अधिकारी , अकेन्द्र भुल , खेम सरु मगर , बिशाल निरौला , रन्जन राइ , बिक्रम बुढाथोकी , सोनीका छेत्री , आयुष छेत्री लगायत सम्पूर्ण टिमलाइ सम्झिन चाहन्छु र आदरणीय अवार्ड जुरी प्रती उच्च सम्मान र धन्यबाद दिन चाहन्छु। र अझै अर्को बर्ष यहाँहरु माँझ राम्रो राम्रो गीतहरु पस्किन सकूँ मलाई भरपुर माया र आशिर्बाद दिनु होला। धन्यबाद !