मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो। यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन। धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो।❤️🥺💕
नमस्कार म जेष्ठ २६ गते दिउँसो साङ्गितिक कार्यक्रमको लागि रुकुम पुगेकी थिए । जेष्ठ २७ गतेको लागि साङ्गितिक कार्यक्रम तय भएको थियो । राति खाना खाई सुते पश्चात् बिहान १ बजेबाट अचानक पेटमा अत्याधिक दुखाईको महशुस भयो जुन निरन्तर ३-४ घण्टासम्म जारि रहयो। मैले आयोजकको दादाहरुलाई खबर गरे र हामि उपचारकोलागि चौरजाहरि अस्पताल गयौँ । त्यहाँ विभिन्न परिक्षण पश्चात् चिकित्सको आग्रह अनुसार सकेको छिटो एपेन्डिक्सको अपरेशन गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसपछि म अन्यौलमा परे । रातिदेखिको त्यो पिडा, नयाँ ठाउँ , एक्कासि त्यो अवस्थाले म त्यो केहि सोच्न सक्ने अवस्थामा थिईन । त्यसपछि मेरो आफन्तहरुले हेलिकप्टरबाट काठमाडौं ल्याएर नै उपचार गर्ने भनेर हेलिकप्टरको खोजि थालियो । निजि हेलिकप्टरहरु काठमाडौंबाट नै रुकुम पुगेर ल्याउनुपर्ने देखेपछि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट भए छिटो र नजिक हुने देखिए पछि सेनाको हेलिकप्टर व्यस्थाको लागि प्रकृया थालियो र केहि समयमा स-शुल्क सेनाको हेलिकप्टरको व्यवस्थापन भयो । यसको लागि माननीय रक्षा मन्त्री मानबिर राई, माननीय महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापति ज्युले गरिदिनुभएको सहजिकरणको लागि सदैव ऋणी छु । रुकुमबाट सेनाको हेलिकप्टरबाट नेपालगंज विमान्स्थलसम्म ल्याईएपछि बुद्द एयरको जहाज मार्फत तत्काल काठमाडौं ल्याईयो । एयरपोर्टबाट ह्याम्स हस्पिटलको एम्बुलेन्सबाट एमरजेन्सिमा भर्ना गरि उपचार थालियो । र रुकुमको चौरजाहरि अस्पतालमा संका गरिएको जस्तो एपेन्डिक्सको समस्या नभै अन्य आन्द्राको संक्रमण भएको पुष्टि भयो । त्यस पश्चात् चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ र हिजो साँझ हस्पिटलबाट डिस्चार्ज समेत भैसकेको छ ।चौरजहारि अस्पतालदेखि ह्याम्स हस्पिटल सम्म स्वास्थ्य सेवामा खट्नुहुने सम्पुर्ण चिकित्सक टोलिलाई धेरै भन्दा धेरै धन्यवाद । विशेष गरि ह्याम्स अस्पतालमा उपचारको लागि सहजिकरण गर्नुहुने वरिष्ठ चिकित्सक डा. भोला रिजाल ज्यु, उपचारमा खटिनुहुने डा. अनुज पराजुली , डा. दिवेश श्रेष्ठलाई विशेष धन्यवाद । साथै यो कठिन समयमा स्वास्थ्यको बारेमा चासो राख्नुहुने , अस्पतालमा उपस्थित भै प्रत्यक्ष भेटेर र विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । हाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम र थप स्वास्थ्य लाभ गरिरहेको जानकारी गराउँदै हाललाई पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाति राख्दै छिटोभन्दा छिटो पुर्ण स्वास्थ्य लाभ सहित हजुरहरुमाझ प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।