Tiktok:
instagram:
youtube:
  • 60135
    ग्लोबल रैंकिंग
  • 416
    देश / क्षेत्र श्रेणीकरण
  • 915.04K
    फलोअरहरू
  • 778
    भिडियोहरू
  • 20.27M
    मनपर्‍यो
  • नयाँ भिडियोहरू
    1
  • नयाँ अनुयायीहरू
    -457
  • नयाँ दृश्य
    194K
  • नयाँ मनपर्‍यो
    17.32K
  • नयाँ समीक्षा
    532
  • नयाँ साझेदारी
    891

Sunil Paudel  डाटा ट्रेंड (30 दिन)

Sunil Paudel तथ्याistics्क विश्लेषण (30 दिन)

Sunil Paudel तातो भिडियोहरू

जीवनको यात्रा कहिलेकाहीँ जटिल हुन्छ, तर हाम्रो सोच सधैं एउटै छ - आफूलाई राम्रो बनाउँदै, आफ्नै बाटोमा अगाडि बढ्दै। मेहनतको फल हो - दुबईमा आफ्नै दुईतीन व्यवसाय सुरु गर्नु, र यो सुरुवात सजिलो पक्कै थिएन। दिनरात नभनी खटेर, दु:खसुखको सामना गर्दै, सपना पूरा गर्ने यात्रामा छौं। व्यवसायको जिम्मेवारीले गर्दा यति व्यस्त छौं कि सामाजिक संजालमा उपस्थित हुनै मुस्किल छ। तर के गर्नु, केहीको जिन्दगी अरूको बारेमा कुरा काट्नमै सीमित छ। कसैले भनेका छन् - अरूलाई पछार्न नसक्दा बदनाम गरेरै लडाइँ जित्ने प्रयास गर्छन्। धेरै साथीहरूले म्यासेज गरेर सोध्न थालेपछि थाहा भयो - हामीलाई लिएर के-के हल्ला चलिरहेका छन् रे। के हल्ला हो भन्ने नै स्पस्ट नभएकाले यति मात्रै भन्छु, "हामी अहिले आफ्नै काममा व्यस्त छौं, यता आउने समय छैन।" तर यो क्याप्शन लेख्दै गर्दा पनि मुस्कुराइरहेको छु।😂 किनकि हामीलाई थाहा छ - हामी आफ्नो कर्ममा व्यस्त छौं, हाम्रो लक्ष्य स्पष्ट छ। हामीलाई हल्लाहरूको कुनै मतलब छैन। जिन्दगीले सिकाएको छ - सफलताको बाटोमा हिँड्दा बाधाहरू त आउँछन् नै। हामी श्रीमान्-श्रीमती हौं, मेहनती जोडी हौं, र सधैं यस्तै रहनेछौं।😍 अरूले जे भने पनि, हाम्रो सम्बन्धमा कुनै असर पर्दैन। हामी एकअर्काको साथमा छौं र यो साथ सधैं रहनेछ। नयाँ व्यवसाय भएकोले अझै केही समय यता धेरै उपस्थित हुन सक्ने अवस्था छैन। हामी आफ्नो कर्ममा रमाइरहेका छौं, हल्लाहरूलाई समय दिनु हाम्रो स्वभाव होइन। मेहनतमा विश्वास गर्नेहरूका लागि अफवाहहरू सस्तो मनोरञ्जन मात्र हुन्। चाँडै नै नयाँ कन्टेन्टसहित तपाईंहरूलाई भेट्नेछौं। तपाईंहरूको साथ, माया र शुभेच्छाका लागि सधैं आभारी छौं। जसले हल्ला फैलाए पनि, जसले कुरा काटे पनि - हाम्रो मुस्कान कहिल्यै हराउने छैन। जीवनभर कर्ममा अडिग, लक्ष्यमा केन्द्रित र सफलताको यात्रामा अघि बढ्दै। हाम्रो माया, हाम्रो मेहनत र हाम्रो इमानदारी कहिल्यै टुट्नेछैन।💪 तपाईंहरूको समर्थन नै हाम्रो प्रेरणा हो। धन्यवाद! #sunilpuja #MandalaUAE #MandalaChowk #MandalaTravel #suppu @Puja Basnet #makaibari 😂😛
387.82K
17.83K
4.6%
0
350
100
"श्रीमती" — जीवन यात्राकी सहयात्री। श्रीमान् दु:खमा होऊन् वा सुखमा, निराशमा वा उत्साहमा, जीवनका हरेक मोडमा जसले काँधसँग काँध मिलाएर साथ दिन्छिन् — उही हुन् श्रीमती। भोक लाग्दा खाना खुवाउने, बिरामी पर्दा रातभरै जागी हेरचाह गर्ने, महिनौं तलब नआउँदा पनि “चिन्ता नगर, म छु” भनेर ढाडस दिने, समाजका ठूलाठूला भनाउने (नामका मात्रै)सँग आँखा जुधाएर “नडराऊ, म साथमा छु” भन्ने… यस्तो प्रेम र आत्मीयता सायदै अरू कसैबाट पाइन्छ। गलत बाटोमा नजाऊ है भनेर सम्झाउने, सत्यको साथ कहिल्यै नछोड्ने सल्लाह दिने, चोर–ठग-तस्करहरूसँग झुक्न हुँदैन भनेर हौसला दिने, अनि कहिलेकाहीं त बाआमाकै जस्तै गरेर माया गर्ने — यही त हो मेरी जीवनसाथी। हो, बेलाबेलामा सानोतिनो नोकझोक हुन्छ, रिस र झर्को पनि आउँछ तर ती सबै त क्षणिक भावना मात्रै हुन्। सम्बन्धको गहिराई ती कुराले कहिल्यै कम हुँदैन। यस्तै आरोह–अवरोहबीच पनि जसले मलाई हिम्मत दिइरहिन्, जसले ऋण खोजेर भए पनि “आफ्नै केही गरौँ है” भनेर उर्जा भरिन्, ती हुन् — मेरी जीवनसाथी, घरको अभिभावकस्वरूप आमा–दिदीपछि (महिलामा)उभिन सक्ने मेरी धर्मपत्नी। आज उनको जन्मदिन — म हर्ष, गर्व र ममताले भरिएको मनले भन्न चाहन्छु: जन्मदिनको हजारौँ शुभकामना, प्रिय! तिम्रो साथ सधैं यसरीनै पाइरहुँ, हाम्रो माया झन् गहिरिँदै जाओस्। दुबई, नेपाल, कतार मात्र होइन, हामीले सुरु गरेको व्यवसाय चाँडै संसारभर फैलियोस्। कसैको अगाडि कहिल्यै नझुक्नुपरोस्। सत्य, मेहनत र माया सधैं हाम्रो मार्गदर्शन बनून्। र, यसैगरी हरेक वर्ष तिमीलाई जन्मदिनमा प्रेमले भरिएको सन्देश लेख्ने सौभाग्य पाइरहुँ। फेरि पनि – जन्मदिनको धेरै धेरै शुभकामना, बुढी! @Puja Basnet #happybirthday #sunilpuja
234.93K
18.36K
7.81%
0
434
1.02K
हीराको हार दिन नसकेपनि धेरै माया छ है बुढी!!😍😘 @Puja Basnet @Kanchanjunga Restaurant लाई मीठो खानाको लागि धन्यवाद!😍😍 @Mandala Travel & Tourism LLC @Mandala HR Consultancies #sunilpuja #MandalaChowk #MandalaUAE #kanchanjungarestaurant
114.34K
5.77K
5.04%
0
120
79
Austria, Serbia र Montenegro बाट राम्रो स्यालरी र खान बस्न सुविधा सहित विभिन्न पोजिसनको लागि माग भइ आएको छ। चाँडै मण्डला आइहाल्नुस् है!! #MandalaChowk #MandalaUAE #MandalaTravel #WorkInEurope #MandalaHR #HiringNow @Mandala HR Consultancies
38.32K
1.89K
4.92%
2
62
58
जीवनका हरेक पाटोमा संगै हिँड्ने यो यात्रा सजिलो त छैन, तर तिमी छौ साथमा, त्यसैले सबै कुरा विशेष लाग्छ। झगडा, हाँसो, रमाइलो अनि समझदारी-यही त हो हाम्रो सम्बन्धको असली मिठास। श्रीमान् श्रीमती मात्र होइन, हामी साथी, परिवार अनि सधैंका लागि एक अर्काको भरोसा!😍😍 #suppu #sunilpuja @Puja Basnet
21.08K
1.96K
9.29%
0
93
11
हाम्रो TikTok प्रेरणा फेसबुक समूह मा शामिल हुनुहोस्
हामी पछिल्लो रचनात्मक भिडियोहरू साझेदारी गर्नेछौं र तपाईंसँग सबै प्रश्नहरू तपाईं छलफल गर्न सक्नुहुन्छ!
TiktokSpy from IXSPY
प्रभावकारीहरू, एजेन्सीहरू, विज्ञापनदाता र ब्रांडका लागि डिजिटल उपकरणहरू।
स्वतन्त्र तेस्रो-पार्टी कम्पनी, TikTok आधिकारिक वेबसाइट हैन।
Copyright@2021 ixspy.com. All Rights Reserved